36 नेपाली गजल - Nepali Ghazal
  • ऐनाहरुको हुनसम्म मानहानी भएको छ;

लेखकःनबिन घिमिरे 746 पटक पढिएको:

ऐनाहरुको हुनसम्म मानहानी भएको छ;

अचेल उ मेरै आँखाको नानी भएको छ 

 

जुन दिन देखी हाम्रो मन साटिएथ्यो;

जति सम्झाउँछु उति अज्ञानी भएको छ 

 

आगोबाट जोगिन सिकाउने उही नै हो;

जो जलेर स्वयम् खरानी भएको छ 

 

आफैंलाई बेचेर खै के पायौ मैले सोधें;

लजाउँदै उस्ले भन्यो आम्दानी भएको छ

 

खै कस्तो फैंसला सुनाउने हो समयले;

जिन्दगानी भूलहरुको खानी भएको छ

नबिन घिमिरे