5 नेपाली गजल - Nepali Ghazal
  • कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।

लेखकःजितेन्द्र मल्ल 1420 पटक पढिएको:

कसैलाई उचालिरह्यो, कसैलाई पछारिरह्यो ।

कसैलाई सुधारिरह्यो, कसैलाई बिगारीरह्यो ।

 

बढी मेहनती फेदमै छ, अर्को शिखरमा छ,

ऊ कमजोरी खोजीरह्यो, उसले सुधारिरह्यो ।

 

भाग्य नआएको हुँदै होईन, दैलो ढक्ढक्याउँदै,

अभागी हरेक पटक गलत ढोका उघारिरह्यो ।

 

कागजको खोस्टो फेरिदैंमा मुटु फेरिन्न रै',

उता देश दुख्दा यता, देब्रे पाटो मुसारिरह्यो ।

 

सामन्तीले मरिमेटी, सिलाएथ्यो टुक्रा टुक्रा

सर्वहारा हाँसी हाँसी, त्यसैलाई उधारिरह्यो ।

 

प्युँने चाह हुँदै होईन, झरी छल्न पसेको हुँ,

 

दोष उसकै हो जो मैतिर भरी गिलास सारीरह्यो ।

जितेन्द्र मल्ल

जितेन्द्र मल्ल

स्थायी ठेगाना : तल्कोट, डोटी
हाल : सिड्नी, अष्ट्रेलिया
जन्म मिती : २०४१ माघ ७ गते
पढाई : ब्याचेलर इन एलेक्ट्रोनिक्स् एन्ड कमुनिकेसन ईन्जिनियरिङ (काठमाडौं ईन्जिनियरिङ कलेज - २००३ ब्याच)
मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी, युनिभर्सिटी अफ बलारट, अष्ट्रेलिया 
प्रकाशित कृति : अन्जुलिमा अभियन्ता(संयुक्त कविता संग्रह)

URL: http://jitendramalla.blogspot.com