76 नेपाली गजल - Nepali Ghazal
  • सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,

लेखकःअहम् स्रष्टा 2601 पटक पढिएको:

सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्,
आँखा दिवा रहेछन् आँखा निशा रहेछन् ।

भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता,
धर्तीभरी हजारौँ मोनालिसा रहेछन् ।

लाग्दैथियो तिमी नै रोयौ बिदाइ गर्दा,
छाम्दैछु आज आफ्नै आँखा चिसा रहेछन् ।

कस्ले निधार ठोक्थ्यो अर्कै मुहार देखे,
दोषी हुँदैन दोषी, देख्ने सिसा रहेछन् ।

आशा रहे रहन्छन् के नत्र जिन्दगानी,
जिजीविषा भनेका जिजीविषा रहेछन् ।

अहम् स्रष्टा

नाम: नारायणप्रसाद घिमिरे ठेगाना: लामिडाँडा-4 दोलखा हाल: देवघाट-२ तनहूँ,

 

अध्ययनरत ।