75 नेपाली गजल - Nepali Ghazal
  • हजुर मलाई मुटुभित्र पसाउने मान्छे

लेखकःडा. बिशाल बाबु बस्नेत 613 पटक पढिएको:

हजुर मलाई मुटुभित्र पसाउने मान्छे

म रुँदा आँसु पुछ्दै हँसाउने मान्छे

हात समाई उकालीमा डोर्याउँदै हिंड्ने,

थाक्दाखेरि काखैमा बसाउने मान्छे

मनभित्र पीडा लुकाई बाहिर हाँसिदिने,

लुकीछिपी आँसु एक्लै खसाउने मान्छे

नीरस यो जीवनमा खडेरी लाग्दा,

हजुर त खडेरीमै रसाउने मान्छे

डा. बिशाल बाबु बस्नेत

नाम: डा बिशाल बाबु बस्नेत (चिराग नेपाली)
जुबु ७ सोलुखुम्बु 
जुनिएर रेजिडेण्ट डेण्टिष्ट
बि पी कोईराला ईन्ष्टिच्यूत अफ हेल्थ साईन्सेस, धरान, सुनसरी