73 नेपाली गजल - Nepali Ghazal
  • केहि जितका कुरा गरौ, केहि हारका कुरा गरौं

लेखकःहरि पराजुली 867 पटक पढिएको:

केहि जितका कुरा गरौ, केहि हारका कुरा गरौं
अत्यचार र भ्रष्टाचारका खवरदारका कुरा गरौं

विश्वास घातका कुराहरु जता ततै चल्या वेला 
प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौ

दाजुभाईनै एक आपसमा यूद्ध लड्नु पर्ने किन 
हतियार छोडी आपसमा केहि प्यारका कुरा गरौं

निमुखा र निर्धा वनि आफु–आफै गिर्ने होइन
दासप्रथाको मुक्ती पाउन अधिकारका कुरा गरौं

कति गर्नु देशका कुरा त्यहि मारा मारका कुरा 
केहि वेर त विर्सेर नै श्रृङ्गारका कुरा गरौं 

हरि पराजुली