72 नेपाली गजल - Nepali Ghazal
  • भित्री मनको धरोहर ढले जस्तो छ

लेखकःगोबिन्द श्रृङ्खला 485 पटक पढिएको:

भित्री मनको धरोहर ढले जस्तो छ
सजाएका सपना जति जले जस्तो छ ।

यात्रा लामो दृढताको हराएको हो कि ?
आधा बाटो हिडे पछि गले जस्तो छ ।

हिजो सम्म अर्कै थियो फेरिएछ चाला,
के के सुने चर्चा अर्कै चले जस्तो छ ।

अर्कै बगैंचाको शोभा बढे पछि आज, 
बाँझो बृक्ष पनि अव फले जस्तो छ ।

गोबिन्द श्रृङ्खला