70 नेपाली गजल - Nepali Ghazal
  • गर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो

लेखकःपौडेल अजनबी 523 पटक पढिएको:

गर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,
झर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

नदिको किनारमा बसि अन्दाज लगाउछ मान्छे
तर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

जे पर्छ त्यहि टर्छ भन्नलाई त भनिदियौ
टर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो,

प्रेमिकाको बियोगमा मरिदिन्छु भन्छ प्रेमी
मर्न कहाँ सजिलो छ भन्नलाई सजिलो हो ॥

पौडेल अजनबी

कुर्घा पर्बत नेपाल
हाल मुम्बई भारत