69 नेपाली गजल - Nepali Ghazal
  • कुहिरो छ र त शित लहरको छाल छ

लेखकःधन्कुटे कान्छा 552 पटक पढिएको:

कुहिरो छ र त शित लहरको छाल छ
कम्बल नओड बाड्ने नै जाडोको दलाल छ
 
लोडसेडिङ्ग आँखामा निदाएको यो घडी 
पानी निभाउन यहाँ आगो हालाहाल छ

बुद्ध कुल्फि भएको छ बजारमा अचेल
भर्खरै उडेको बाफलाई अबगाल छ

किन बासेको हो भालेले सम्साझैं       
बिहानी झुल्कन अझै आलटाल छ

पर्दा रङ्गीन देखीएको मात्रै हो
कि अदृश्य छायाँ कै मालामाल छ

बैंशको झोक्कामा गर्भपतन भएको यहाँ
आलो गाडिएको बच्चाको अझै सालनाल छ

धन्कुटे कान्छा

धन्कुटे कान्छा नेपालको पुर्वाञ्चलका एक पतिनिधि हस्ताक्षर हुन त्यसो त पुर्वमा नेपाली गजलको विकासमा र साहित्यको उत्थान तथा माहोल व्यवस्थापनमा उनको उल्लेख्य सहभागिता रहेको पाइन्छ । 

उनी गजल, कविता, हाइकु, समिक्षा जस्ता विधामा कलम चलाउँछन र उनका विभिन्न विधामा कृतिहरू प्रकाशित छन ।