52 नेपाली गजल - Nepali Ghazal
  • पानीको कुनै आकार नखोज्नू

लेखकःभगवती कडेँल 514 पटक पढिएको:

पानीको कुनै आकार नखोज्नू !
मुठ्ठीमा सिङ्गै संसार नखोज्नू ।

नारीलाई ज्यूँदै जलाउने देश हो
नखोज्नू असल समाचार नखोज्नू ।

मुग्लानमा युद्ध छ नुनकै खातिर
घरकाले मोती जुहार नखोज्नू ।

डर्दछु सम्झी आमाका कुरा
"होलिस है कमजोर आधार नखोज्नू" ।

पत्थरले हान्यौ ? याद गर्नु अब
बस्नलाई काँचको दरबार नखोज्नू ।

भगवती कडेँल