68 नेपाली गजल - Nepali Ghazal
  • तिमी माग्यामाग्यै गर्छौ म टार्याटार्यै गर्छु

लेखकःजनक राज पौड्याल 490 पटक पढिएको:

तिमी माग्यामाग्यै गर्छौ म टार्याटार्यै गर्छु
भाका नाघे के भयो र अझै सार्यासार्यै गर्छु

तिम्रा निम्ति जित्ने हिम्मत मारिसकें मैले
आफ्नो हित हुन्छ भने हार्याहार्यै गर्छु 

भयो मित्र टुप्पोतिर हेर्दै नहेरेको जाति
माथि चढ्न खोज्नेलाई झार्याझार्यै गर्छु

सबको हित चिताउँछु भन्ने भ्रम हटिसक्यो
बगुन अरु, आफ्नालाई चैं तार्यातार्यै गर्छु

राजनीति त आखिरीमा खाने भाँडो न हो
मिलेजति आफ्नै भागमा पार्यापार्यै गर्छु  

२०६९ माघ ८ गते सोमबार

जनक राज पौड्याल

जनक पौडेल पूर्वान्चलका एक प्रभावशाली गज़लकार हुन्  ! उनको "एउटा कथा" गज़ल संग्रह निक्कै चर्चित गज़ल कृति हो ! गज़लको ब्याबसाहिकतामा बहसमा एक दशकदेखि ससक्त उभिएका उनि ऐले कान्तिपुर टि भि मा कार्यरत छन् भने गज़लको श्रीबृद्धिमा उत्तिकै ससकत लगिपरिरहेका छन् !