67 नेपाली गजल - Nepali Ghazal
  • मान्छे किन लोभ गर्दै धनकै पछि लाग्दो होला ?

लेखकःडा. भोजराज घिमिरे 497 पटक पढिएको:

मान्छे किन लोभ गर्दै धनकै पछि लाग्दो होला ? 
पैसा–पैसा भन्दा–भन्दै किन पर भाग्दो होला ?

धनमा कुवेर भए पनि मनचैं कमजोर बनाएर
हातमा लिई कमाण्डलु किन हरे ! माग्दो होला ? 

घरभरि दियो बाली स्वागत गर्छु लक्ष्मी भन्दै
अनिँदा भै रातैभरि किन व्यर्थै जाग्दो होला ?

धनकै ध्येयमात्रै गरी हिँड्दा–हिँड्दै जीवनभरि
मृत्युवरण गर्दामात्रै चैनले आँगन नाग्दो होला

डा. भोजराज घिमिरे

ठेगानाः बाहुण्डाँगी–६, झापा, नेपाल, हाल, अटवा, क्यानडा
अध्ययनः पिएचडी (अर्थशास्त्र) र एमएस्सी (जन्तु शास्त्र)
साहित्यिक रुची र गतिविधिः गजल, गीत, कथा र उपन्यास लेखन ।

प्रकाशित साहित्यिक र सांगितिक काशसेलीहरुः 
मेरो गुनगुनाइ– गीति सँगालो
आहत गजल संग्रह 
भोजराज घिमिरेका केही कविताहरु– कविता संग्रह
आवाजभित्रको आवाज – गजल संग्रह
उन्मुक्त किनारा – गजल संग्रह
मेरो गुनगुनाइहरु – गीति एलवम
आमा – गीति एलवम
आहत – गजल एलवम
विषकन्या – गजल एलवम
सपना – गीति एलवम (गीतकार चुडामणि देवकोटासित संयुक्त)

डाक्टर भोजराज घिमिरे क्यानडाकालागि नेपाली राजदुत हुन ।