66 नेपाली गजल - Nepali Ghazal
  • घर पिरतिको बसायौ तिम्ले

लेखकःप्रवीण बानियाँ 553 पटक पढिएको:

घर पिरतिको बसायौ तिम्ले
मनमा उमङ्ग जुटायौ तिम्ले
 
बगर झैं यो पत्थर मनमा
दुबोसरि प्यार पलायौ तिम्ले

ढलिसकेको जीवनको मियो
केगरी छिनमै उठायौ तिम्ले

आगो, हुरी, पहिरोले नछुने
के डेरा दिलमा बनायौ आज

मुटुको भाषा नबुझ्ने मान्छे म
प्रेमशास्त्र नौलो पढायौ आज

प्रवीण बानियाँ


शिक्षा     स्नातक तह (अङ्ग्रेजी साहित्य)
जन्म     वि.सं २०४५ श्रावण 
ठेगाना     ताप्लेजुङ

प्रकाशित कृतिहरु   
संघर्षको सौगात (कविता संग्रह) २०६१
· परेवा उड्ने बिहानी (गजल) २०६२
· मैले नपुछेका आँसुका थोपाहरु (गजल) २०६३
· देश खोज्दै हिडेंकाहरु (गजल) २०६५

सम्पादन संलग्नता 
· मेचीकाली राष्ट्रिय दैमासिक पत्रिका (प्रकाशक÷प्रधान सम्पादक) २०६१ देखि । 
· तमोर काबेली साप्ताहिक समाचारपत्र (कार्यकारी सम्पादक) २०५६ देखि 
· सुनाखरी साहित्यिक त्रैमासिक २०६६ देखि ।

अन्य संलग्नता   
· प्रगतिशील लेखक संघ, ताप्लेजुङ (अध्यक्ष)
· मधुवन साहित्यिक प्रतिष्ठान (सल्लाहाकार) 
· ताप्लेजुङ गजल मञ्च (अध्यक्ष)

फुटकर रचनाहरु प्रकाशित

मधुपर्क, गरिमा, नवयुवा, युवामञ्च, मूल्याङ्कन, गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, 
नेपाल राष्ट्रिय साप्ताहिक, म्युजिक डायरी, प्रतिदिन दैनिक (स्तम्भकार) लगायतका विभिन्न पत्र–पत्रिकाहरुमा विचार, 
विष्लेषण, दृष्टिकोण, लेख, सन्दर्भ, समालोचना, कविता, गजल लगायतका विभिन्न विधाका सामाग्रीहरु विगत ३ बर्ष अघिदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आइरहेको ।