65 नेपाली गजल - Nepali Ghazal
  • दश छन्, सय छन्, लहर हजार छन्

लेखकःटेकेन्द्र अधिकारी 679 पटक पढिएको:

दश छन्सय छन्लहर हजार छन् 
बाँच्नका लागि यहाँ शहर हजार छन्

 

बादलु र क्षितिजको लुकामारी खेलजस्तै 
नाच्नका लागि यहाँ बहर हजार छन्

 

पानीजस्तै जिन्दगी बगिरहन्छ निरन्तर 
भाँच्नका लागि यहाँ जहर हजार छन्

 

कैले आश कैले निराशआउँछ सरोबरी 
जाँच्नका लागि यहाँ ठहर हजार छन्

 

एउटै आह्वान टेकेन्द्रको सकेसम्म हाँसौँ 
साँच्नका लागि यहाँ रहर हजार छन्

टेकेन्द्र अधिकारी

वास्तविक नामः टेकप्रसाद अधिकारी

साहित्यिक नामः टेकेन्द्र अधिकारी

ठेगानाः ज्यामिरे-८, खोटाङ, हालः विराटनगर, नेपाल

अध्ययनः कानुन स्नातक (बीएल) र एमए (ग्रामीण विकास)

साहित्यिक रुचि र गतिविधिः गजल, गीत, गेडी, कथा, लघुकथा,निबन्ध लेखन आदि

प्रकाशित साहित्यिक कृतिः सय पाइला गेडीका (रुपक-गेडीसंग्रह) २०६८