15 नेपाली गजल - Nepali Ghazal
  • नरोक भो जसोतसो जिन्दगी यो बहाबमा छ

लेखकःभुपेन्द्र महत 487 पटक पढिएको:

नरोक भो जसोतसो  जिन्दगी यो बहाबमा छ 
नखोले कै जाती होला अचेल यो नकाबमा छ

तिमी उड्यौ आकाश छुन म रहे यही जमिनमा
उडुँ भने मेरो आकाश हाबाको अभाबमा छ 

बोली हुन्थ्यो हर हेराइमा चुपचाप सुन्थे ति नयन 
मौन मौन बस्छ आँखा अचेल यो दबाबमा छ

कहाँ छु म किन छु म बेखबर छु आँफैसित 
दिमागको के कुरा अब दिल पनि तनाबमा छ

भुपेन्द्र महत

नाम : भुपेन्द्र महत
घर : सुर्यबिनायक नगरपालिका वडा न ११ , भक्तपुर
हाल : बोल्डर कोलोराडो , संयुक्त राज्य अमेरिका
प्रकाशित कृति : अलिकती जुन देउ गजल संग्रह
अभिप्शा :गित गजल आल्बम , जिन्दगीले हिसाब माग्छ गजल आल्बम