64 नेपाली गजल - Nepali Ghazal
  • संगै बाचौँला संगै मरौँला अर्को जुनीमा

लेखकःराजेश खतिवडा 490 पटक पढिएको:

संगै बाचौँला संगै मरौँला अर्को जुनीमा 
प्रिय तिम्रो सिउँदो भरौँला अर्को जुनीमा

यो जुनीमा तिम्रो बन्नेँ चाह अधुरै भो 
झनै तिम्लाई माया गरौँला अर्को जुनीमा

तिमीलाई मन नपरेको म नराम्रो मान्छे 
अवश्य म मन परौँला अर्को जुनीमा

यो जुनि यस्तो भो आकाश धर्ती बाँचौं 
जंघार पिरतीका तरौंला अर्को जुनिमा

राजेश खतिवडा

ठेगाना: बेलटार, उदयपुर  नेपाल 
श्री खतिवडाको प्रकाशित कृति: "पोख्न बाध्य ब्यथाहरू" गजल सङ्ग्रह २०६२ सालमा प्रकाशित छ ।