63 नेपाली गजल - Nepali Ghazal
  • बिन्ती गर्छु प्रिय, सामीप्यमा पर्न देउ

लेखकःश्याम रोक्का 472 पटक पढिएको:

बिन्ती गर्छु प्रिय, सामीप्यमा पर्न देउ
सुख्खा जीवनमा, हरियाली छर्न देउ

धेरै माया दिर्इ, सधैँभरी खुसी राख्छु
सँगै मीलीजुली, हातेमालॊ गर्न देउ

एक्लॊ यात्री तिमी, थकाइले गल्यौ भने
नयाँ बिहानीकॊ, शीत भर्इ झर्न देउ

हुन्छ भन प्रिय, कत्ती घुर्की लाँउछेउ ?
फेरि बिन्ती गर्छु, सँगै बाच्न-मर्न देउ

प्रतिक्षामा बस्दा, गल्यॊ मेरॊ श्याम बर्ण
एक मुठी खुसी, अन्जुलीमा भर्न देउ

श्याम रोक्का