60 नेपाली गजल - Nepali Ghazal
  • आफैभन्दा गरौ भारी बोकेको छ यो ज्यानले

लेखकःशेरू रार्इ 'उदास' 672 पटक पढिएको:

आफैभन्दा गरौ भारी बोकेको छ यो ज्यानले
बारैमास गर्मी जाडो भोगेको छ यो ज्यानले 
 
जाबो एउटा पेट पाल्न के-के गर्नु परेन ?
कतै साचो कतै झुटो बोलेको छ यो ज्यानले

घाम लाग्दा घामै छिर्ने पानी पर्दा पानी छिर्ने
यस्तो ओड़ो शुद्ध धरी ओडेको छ यो ज्यानले

श्रम बेच्न नपाएर आफैलाई बेच्नु पर्यो
दुखियाको भाग्यै सस्तो बुझेको छ यो ज्यानले

माटो देश नहुनेलाई हेप्दा रै'छन् सबले
आफ्नाबाटै अपमान सहेको छ यो ज्यानले

शेरू रार्इ 'उदास'

एटलाण्टा, जर्जीया अमेरिका

शेरू रार्इ उदास भूटानको नेपाली गजलका एकजना प्रखर हस्ती हुन । भूटानमा नेपाली गजलको पहिलो कृति याम थुलुङको "आसुका थोपाहरू" २०५८ सालमा प्रकाशित भएको पाइन्छ । भूटानमा नेपाली गजल भित्र्याउने पहिलो स्रष्टामात्र होइनन शेरू रार्इ, उनी भूटानी गजलकै एक जना प्रभावहाली गजलकार पनि हुन । मीठा गजलहरूलेख्नुको अलवा ज्यादा साधना गर्न रूचाउनु शेरूजीको मौलिकता हो । थोरै लेख्ने तर निक्कै गहिरिएरमात्र लेख्ने र हत्तपत्त प्रकाशन गर्न नरूचाउने बानीले उनी माहौलमा पछाडि परेको भान हुनसक्छ तर परिपक्व लेखनले भूटानको नेपाली गजल लेखनमा उनको मौलिकता भने कायम छ । उनको "बन्द खाम" नामक गजल संग्रह प्रकाशनको क्रममा छ ।