10
सबथोक पाएर पनि केही नपाए जस्तो गर्छ
जिन्दगीले घरि घरि चित्त दुखाए जस्तो गर्छ
हावाका हातहरु हरियो कपाल सुम्सुम्याइ दिन्छन्
मोडमा टक्क उभिएर पीपल निदाए जस्तो गर्छ
चाहेको भए सिङ्गै नदी पिउन सक्थ्यो बगरले
अरुको तिर्खा सम्झेर ओंठ भिजाए जस्तो गर्छ
एकपल्ट आफ्नो मनलाई अक्षरमा उतारी हेर त
आँखा खोले जस्तो गर्छ औंला चलाए जस्तो गर्छ
गज़लको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
गज़लकार भने ठूलो स्वरले चिच्याए जस्तो गर्छ
ठेगाना : चुँदी ,तनहुँ
प्रकाशित कृति : मेरो भन्नु केहि छैन ( गज़लसंग्रह -२०६५ )
तलाश ( गज़लसंग्रह -२०६७ )
धुवाँको धागो (कविता संग्रह -२०७०)