59 नेपाली गजल - Nepali Ghazal
  • वसन्तले बगैचालाई पत्र कोर्यो पातमा

लेखकःभारती गौतम 836 पटक पढिएको:

वसन्तले बगैचालाई पत्र कोर्यो पातमा
कोइलीले मीठो स्वर थपिदियो साथमा

ईन्द्रेणीले वादलको घुम्टो झिके पछि
शीत पग्ल्यो  बिहानको हात पाई हातमा

वैशाखको उमेरमा रंग थपिएझैं
मौसमले जादु घोल्यो मनचोर्ने वातमा

डुव्दो घामको  किरणले सिंदुर छरिगयो
वैंश फक्रयो फूलसंगै जूनलाग्ने रातमा

भारती गौतम

जन्म स्थान धनकुटा नेपाल
शिक्षा एम ए अर्थशास्त्र, व्याचलर सोसियोलोजी, 
प्रकाशन:

आकाशमाथिको शहर (कविता),

स्मृतिमा भीमू( संस्मरणग्रन्थ),

स्थाइ स्तम्भ लगायत प्रसस्त फुटकर रचना प्रकाशन।
हाल वोस्टन म्यासाचुसेट्स