19 नेपाली गजल - Nepali Ghazal
  • हजारौँ ती मलामी बिचमै एकजना मुर्दा लडेको हुन्छ

लेखकःरमेश बिमान 834 पटक पढिएको:

हजारौँ ती मलामी बिचमै एकजना मुर्दा लडेको हुन्छ 
न चाह हुन्छ न लक्ष केही छ तैपनि यात्रा गरेको हुन्छ

सन्देश त्यो बुझ्नेलाई काफी इसारा किन पर्खनु पर्‍यो 
हरेक दिन ढलेर जान्छ सूर्यले कै'ले भनेको हुन्छ 

चीतामा कोही जलेको देख्दा पुर्पुरो छाम्दै उम्कन्छौ कति 
भाग्यले कै'ले ठग्दैन मूर्ख समय सबको चलेको हुन्छ 

संम्बन्ध कै'ले बिग्रन्न हेर बिग्रने केवल तिमी या म हुँ
आकाश झैँ फैलिन्छ नाता एकले अर्कालाई मथेको हुन्छ

उदारण दिन्छन् रमेशले जस्तै पिंजडाबिनै निर्वाह गर्न 
बुझ्दैनन् तर बलेको मइन पग्लदा सबै डढेको हुन्छ

रमेश बिमान

ठेगानाः कानपा ३५ पुरानो सिनामंगल

आबद्द : पशुपती भजन मण्डली साथै उपत्यकाका प्राय भजन मण्डली

रुची : तबला बादन,लेखन

प्रकाशनः 
गजल लेख्ने मान्छे
उषा
चांदनी (सुमधुर गजल संग्रह )