58 नेपाली गजल - Nepali Ghazal
  • सपनामा पनि विपनामा पनि

लेखकःबाबु त्रिपाठी 598 पटक पढिएको:

सपनामा पनि विपनामा पनि 
उनकै तस्बिर आउँछ आँखामा पनि

जोगी आइरहन्छन् जोगी गइरहन्छन्
ताला लागेको घरको ढोकामा पनि

एउटा कथा र एउटा इतिहास
नानीहरुको लागि अब जामा पनि

बा गजल लेख्न सिकाउनुहुन्छ
सिकाउन सिपालु छिन् आमा पनि

बाबु त्रिपाठी