57 नेपाली गजल - Nepali Ghazal
  • आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु

लेखकःपिवन कन्दङ्वा लिम्बू 1648 पटक पढिएको:

आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु
हो अचेल जिन्दगीलाई हिडाउँन सक्ने भा”छु

हरेक दिन कानुनको शीरै टेकी जानेहरु
प्रतिकारमा बिचारहरु उठाउन सक्ने भा’छु

मायाले नै पत्थर पनि पग्लिएको हुनुपर्छ
त्यसैले त काँडासँग रमाउन सक्ने भा”छु

आऊ मेरो बगैचामा फूलै फूलले स्वागत गर्छु
मरुभूमि भित्र फूल फुलाउन सक्ने भा”छु

आए पछी मेरो केही गजलहरु सुनी जानु
पैले भन्दा ऐले धेरै सुनाउन सक्ने भा”छु

पिवन कन्दङ्वा लिम्बू