सबैतिर अमनचैन छ भनेर झुक्याउन उनीहरू
कुना-कन्दरामा अझै जलन लुकिरहेको हुन सक्छ
लडाइँ लड्छु भन्नेले आँखा तीखो नपारी कहाँ हुन्छ
पाइलैपिच्छे बाधा अड्चन लुकिरहेको हुन सक्छ
कमाएर खोइ पठाएन फर्किएर आफू आएन
ल्हासामा बिखर्ची मदन लुकिरहेको हुन सक्छ
पागल हो भनेर कति पो पन्छाउने हो उसलाई
सुन त, बोलीपिच्छे दर्शन लुकिरहेको हुन सक्छ