29 नेपाली गजल - Nepali Ghazal
  • यादहरु बर्सिदिन्छन् म निथ्रुक्क रुझ्ने गर्छु

लेखकःभरत पौडेल 992 पटक पढिएको:

यादहरु बर्सिदिन्छन् म निथ्रुक्क रुझ्ने गर्छु 
जवानीका तस्बिरमा जब धुलो पुछ्ने गर्छु

सामु बसी हाँस्ने औकात मेरो आवरणमा छैन
चिनाजानका मान्छे आउँदा म खुसुक्क लुक्ने गर्छु

एउटा घर बनाएर परिवार थन्क्याएको
सपनीमा देख्छु अनि दिनभरि दुःख्ने गर्छु 

इच्छा पुरा नभई मर्ने छटपटीमा हुन्छन् हुन्नन्
यदाकदा चियो गर्न चिहानसम्म पुग्ने गर्छु

त्यो पुजारी कुनै दिन जाला मन्दिर यही बाटो
नत्र झर्दै अङ्कुराउँला म खप्तडमै फुल्ने गर्छु

भरत पौडेल

स्थायी ठेगानाः केउरेनीपानीभोजपुर
पिताः स्व. आचार्य हिरण्यप्रसाद पौडेल

माताः दिलकुमारी पौडेल

जन्ममितिः २०३२-
०६-०५
शिक्षाः (एम. ए.) त्रिभूवन
 विश्वविद्यालय