24 नेपाली गजल - Nepali Ghazal
  • मेरो दुःख नाप्ने कुनै माना नभएर पो त

लेखकःकरुण थापा 635 पटक पढिएको:

मेरो दुःख नाप्ने कुनै माना नभएर पो त
खाँदैछु म हजार चोट खाना नभएर पो त
भजन गाएँ लोरी गाएँ सुतेनन् ती भोका बच्चा
पेट भर्ने कुनै पनि गाना नभएर पो त

जून तारा हेर्दै सुत्छु सुखी नठान्नु है मलाई
त्यो त मेरो थोत्रो घरको छाना नभएर पो त

पेट अनि भोक दिने त्यस्तो अपराधीलाई
थुन्थें तर थुन्ने कुनै थाना नभएर पो त

मन्दिरमा छरिएका अन्न किन हेर्छ करुण
खानलाई घरमा एकै दाना नभएर पो त

करुण थापा

करुण थापा

प्रधान सम्पादक

Contact-image

Address

  • Shree Tole
    Basundhara
  • Kathmandu
  • Bagmati
  • 44600
  • Nepal

Contact