धन नभए के भो ? धनी अनुभब छ
मसितको तिम्रो सङगत मन पर्यो
निधारमा हत्केला, शीर काखमा तिम्रो
बेहोसी हुँदाको हालत मन पर्यो
मायामा पनि त दूरी भैरहन्छ
अंगालोले बाँध्ने हिम्मत मन पर्यो
खतहरु छोपिए अनुहार भरिका
ओठले गरेका दस्त्खत मन पर्यो
एक्लै हिँड्दा खेरि सिढी समेत ठाडो
हामीले उक्लेको पर्बत मन पर्यो
तिमीसित हिड्दा यात्रा बेग्लै रह्यो
तिर्खा लाग्दा दिने राहत मन पर्यो ।