54 नेपाली गजल - Nepali Ghazal
  • भाग्यले दु:ख हरिन्न भाइ

लेखकःसान्निध्य 496 पटक पढिएको:

भाग्यले दु:ख हरिन्न भाइ
भोकले मात्रै मरिन्न भाइ

जे गर्छ पापी पेटले गर्छ
आदर्शले यो भरिन्न भाइ

मजस्तै तिमी तिमीजस्तै म
भीडमा एक्लो परिन्न भाइ

सहरमा छु अरु के भनौँ
त्यो भन्दा तल झरिन्न भाइ

अठोटले हो चुनौती ढाल्ने
नआँटे खोलो तरिन्न भाइ

सान्निध्य

अध्ययन : व्यवस्थापनमा स्नातकोत्तर
पेशा : निजामती सेवा र अध्यापन
(पत्रपत्रिकामा फुटकर लेख, नियात्रा, गजल, कविता एवं स्तम्भहरु प्रकाशित)