पिउँदै थियो वियोगमा आँसु उसले'नि
पीडा पोख्ने गजल लेख्यो भन्ने सुन्दै छु
तड्पिरा'थ्यो एउटा घाइते उजाड बगरमा
पत्थरले नि हेप्नु हेप्यो भन्ने सुन्दै छु
लाखौँ तारा जलायो रे जूनको रापैले
शीतलताको गुणै फेर्यो भन्ने सुन्दै छु
फ्याँकी गयौ तिम्ले मेरो तस्बीर बाटोमा
संसारले नै हाँस्दै टेक्यो भन्ने सुन्दै छु