परेवाको ताँती देख्दा टोलाउँछे भन्छन्
सँगै आँगन र तुलसी याद आएको हुन्छ
ओ निस्ठुरी ! सपनीमासम्म आउँदिनौ
बालक जस्तै ऊ यसैमा रिसाएको हुन्छ
बाँच्नुमात्र जिंदगी हो सोच्ने का के कुरा
भन्लान् पिँजडामा चरी रमाएको हुन्छ
मनको मान्छे चिनेनौ र ! ऊ त्यही त हो
जो सम्झँदा अधर तिम्रो मुस्काएको हुन्छ