51 नेपाली गजल - Nepali Ghazal
  • हावा चलेन भने के हुन्छ सोचिराख

लेखकःभूपेन्द्र तिम्सिना 665 पटक पढिएको:

हावा चलेन भने के हुन्छ सोचिराख
चुल्हो बलेन भने के हुन्छ सोचिराख

सधैं लुट मच्चाउनेहरुको यो सत्ता 
अझै ढलेन भने के हुन्छ सोचिराख

मात्र घरै घरको शहर नभए पनि हुन्छ 
अन्न फलेन भने के हुन्छ सोचिराख

तिमीले झुप्रा जलाउँदै गर्दा माथिबाट
भोक जलेन भने के हुन्छ सोचिराख

भूपेन्द्र तिम्सिना

साहित्यिक नाम  भूपेन्द्र तिम्सिना

पेशा  पत्रकारिता


अभिनन्दनः

सुदुरपश्चिम साहित्य तथा साँस्कृतिक महोत्सव, सिलिगढी डोटी – ०६२ (सुदुरपश्चिम साहित्य समाज धनगढी र डोटेली साहित्य समाज डोटी)


सम्मान

लाली गुराँस युवा क्लब, तोपगाछी झापा – ०५९ (साहित्य, रंगमञ्च र पत्रकारिता)

चन्द्रसूर्य शिप बिकास संस्था दमक, झापा – ०६० (पत्रकारिता)

फूलबारी समाज पथरी, मोरंग – ०६१ (पत्रकारिता)

झिल्लिका साहित्यिक प्रकाशन दमक, झापा – ०६२ (साहित्य र पत्रकारिता)

ग्रामिण पत्रकारिता सम्मान तथा पुरस्कार – ०६४ (संचार क्लब नेपाल उर्लाबारी, मोरंग)

सूर्यादय कला प्रशिक्षण केन्द्र लिम्बा, पाँचथर – ०६४ (पत्रकारिता)

बिहानी कलाकेन्द्र उर्लाबारी, मोरंग – ०६५ (साहित्य र पत्रकारिता)

नव प्रतिभा बाल क्लब शनिश्चरे, मोरंग – ०६६ (पत्रकारिता)

शंकर सिंगिंग स्टार पथरी, मोरंग – ०६७ (पत्रकारिता)

पुरस्कार

राष्टिय गजल प्रतियोगिता – ०६१ (स्थिती गत्यात्मक अन्तराष्ट्यि अभियान केन्द्र)

कदर

नवरंग साहित्य प्रतिष्ठान धरमपुर, झापा – ०६५ (पत्रकारिता)

कंचनजंघा एमफएम बिर्तामोड, झापा – ०६५ (पत्रकारिता)

नेपाल पत्रकार महासंघ, झापा – ०६७ (पत्रकारिता)

कृति

निर्बासित चराहरु – ०६२ (संयुक्त गजल संग्रह)

जीवन जिउनेहरुका लागि – ०६७ (लघु चलचित्र)

संम्लग्नता

केन्द्रीय परिषद सदस्य (नेपाल पत्रकार महासंघ झापा शाखा)

संस्थापक एवं आजिबन सदस्य (अनाममण्डली, काठमाडौं)

संस्थापक सल्लाहकार (कंचनजंघा नाट्य समूह शनिश्चरे, मोरंग)

संस्थापक सदस्य (पूर्वाञ्चल गजल मञ्च)

पूर्व अध्यक्ष (पत्रकार मञ्च दमक, झापा)

भुपेन्द्र तिम्सिना मोरङ जिल्लाबाट नेपाली गजलकै क्षेत्रमा कहलिएका युवा गजलकार हुन । उनको मायामितु न्यौपानेसँगको सहलेखनमा  "निर्वासित चराहरू " गजल संग्रह विसं २०६२मा प्रकाशित छ ।