सोच्दै थिएँ अब धर्ती उज्यालोमा बाँच्ने भयो
बादलले छेक्यो फेरि ठूलो आशा टर्यो हिजो
चारैतिर शत्रु हुँदा केको खुशी मिल्थ्यो मनमा
बल्लतल्ल जुराएको भेट्ने मिति सर्यो हिजो
थाम्न सक्थ्यो धर्तीले नि जत्रो झरी दर्के पनि
तर मुटु टुक्र्याउन असिना नै पर्यो हिजो
हिंड्न खोजें बाटोले नि धावा बोल्यो पछारिएँ
झुल्के घाम नझुल्किँदै 'रामको' आत्मा मर्यो हिजो