19 नेपाली गजल - Nepali Ghazal
  • ढुङ्गा फोडी कणभित्रको रुझान हेर्नुछ

लेखकःरमेश बिमान 770 पटक पढिएको:

ढुङ्गा फोडी कणभित्रको रुझान हेर्नुछ
फूल रोपी कविजीको गुणगान हेर्नुछ 

छाल धेरै आउँछ भन्छन् किनारामा बस्ने
बगरमा छाप्रो हाली तुफान हेर्नुछ 

धेरै छन् रे मरुभूमि सिँचाइ गर्छु भन्ने
दिल भिज्ने हो कि है'न मुहान हेर्नुछ 

मान्छेभित्र मान्छे छैन खोक्रो मानव हिँड्छ
गुरुकुलमा दिने शिक्षा पुराण हेर्नुछ

रमेश बिमान

ठेगानाः कानपा ३५ पुरानो सिनामंगल

आबद्द : पशुपती भजन मण्डली साथै उपत्यकाका प्राय भजन मण्डली

रुची : तबला बादन,लेखन

प्रकाशनः 
गजल लेख्ने मान्छे
उषा
चांदनी (सुमधुर गजल संग्रह )