8
फूलहरूले कैल्यै पनि काँडालाई चुमेनन् ।
बदलामा काँडाले 'नि कुनै फूल सुँघेनन् ।।
मुस्कुराउँदै छ पुरानो चिठ्ठी खोलेर ऊ,
सायद उसका आँखा अझै मितिमा पुगेनन् ।।
रातो बेलुन एकछिन् फुल्यो र बिस्तारै सुक्यो,
हावा भर्नेहरूले नङ गाडिएको बुझेनन् ।।
मिल्न सक्थे दुई किनारा अलि पर गएर,
यी नदीका पानी तर कहिल्यै सुकेनन् ।।
अनुरागले 'दुश्मन' राख्यो आफ्नो नाम बद्लेर,
माया गर्नेहरूले त त्यसपछि पो भुलेनन् ।।