47 नेपाली गजल - Nepali Ghazal
  • उजाड छ जिन्दगी सुनसान छ

लेखकःरबिन न्यौपाने 860 पटक पढिएको:

उजाड छ जिन्दगी सुनसान छ 
तर पनि यी ओठमा मुस्कान छ 

शिखर नचुम्दै सफर टुङ्गियो 
बाटो अघि केवल चट्टान छ 

मृत्यु देखी ऊ कहिल्यै डराउँदैन 
समयसँग जसको चिनजान छ 

बाँचुन्जेल कसैले मान्छे गनेन
शालिकको चैं खुब गुणगान छ 

यहाँ सबथोक लुटियो गरिबको 
छि! यो शहर कति बेइमान छ 

मन्दिरकै सामु बलि चढाइन्छ 
देखाऊ कहाँ तिम्रो भगवान छ ?

मित्रहरु मलाई पागल भन्छन् 
भट्टीमा मेरो बेग्लै पहिचान छ

रबिन न्यौपाने