46 नेपाली गजल - Nepali Ghazal
  • घेरा दिने भित्तो मलाई घरजम मै छु

लेखकःराकेश कार्की 453 पटक पढिएको:

घेरा दिने भित्तो मलाई घरजम मै छु 
भीडमा गिलासको स्वादिलो झमझम मै छु

खाली र रित्तो मन ननाचे के भो र 
त्यो पाउजुको झन्कारको छमछम मै छु 

वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र 
हीरा र मोतीको अहा चमचम मै छु 

यो भित्र पीडाले नहाँसे के भो र 
बाह्य त होहल्ला सहित रमझम मै छु 

यस्तै भयो कल्ले र भो एक्लो भन्छ 
टिक टिक समयको चालको हरदम मै छु

बहर : सरीअ
सूत्र : मुस्तफ्इलुन्++ + मुस्तफ्इलुन् +‍ मफ्ऊलात
SSIS SSIS SSSI

राकेश कार्की

पेशा: सिभिल इन्जिनियर (डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशन, अमेरिकामा)

शिक्षा: एम. एससी. इन वाटर रिसोर्सेस इन्जिनियरिङ

लेखन विधा: कविता, गीत, गजल, मुक्तक, कथा र लेखहरु विभिन्न पत्रपत्रिका, पुस्तकमा प्रकाशित ।