45 नेपाली गजल - Nepali Ghazal
  • काँध चढी मेरै मैमाथि प्रहार गर्दैछौ मित्र

लेखकःडा रुपक श्रेष्ठ 528 पटक पढिएको:

काँध चढी मेरै मैमाथि प्रहार गर्दैछौ मित्र
साँध मिची मेरै त्यैमाथि नजर तर्दैछौ मित्र
मुहान मेरो मलजल मेरो मेहनत मेरै हो सब
बाली डुबाई मेरो भकारी तिम्रो भर्दैछौ मित्र

निर्जीव किल्ला भूतले सार्यो कि तिमीले सार्यौ त्यो
बेसरम तिमी भूतसँगै मेरो नजरमा पर्दैछौं मित्र

सुन्दर शान्त तपोभूमि शान्ति क्षेत्र संसारको
तिम्रै तृष्णा बन्यो बिगार अझ कति झर्दैछौ मित्र

मेरो छोरो तिम्रो भन्छौ मेरो हिमाल तिम्रै भन्छौ रे 
सिक्किम सम्झी छलछाम गर्दै चीर मेरै हर्दैछौ मित्र

डा रुपक श्रेष्ठ

पि.एच.डी., पाठ्यक्रम बिकास: ब्रुनेल यूनिभर्षिटी, लन्डन 
एम.ए., अंग्रेजी साहित्य: पृथ्वी नारायण क्याम्पस, पोखरा 
संग्लग्नता: पोएट्री सोसाएटी, अनेसास
उपाध्यक्ष: अनेसास बेलायत च्याप्टर 
विधा: कबिता, गित, गजल, हाइकु, कथा
प्रकाशित: बिग बेन र समय - २०६८ (कबिता संग्रह)
सम्प्रति: थेम्स एकाडेमी, लन्डन