44 नेपाली गजल - Nepali Ghazal
  • मुटुपिच्छे मायाको नि बेग्ला बेग्लै भाउ हुन्छ

लेखकःनीता केसी 512 पटक पढिएको:

मुटुपिच्छे मायाको नि बेग्ला बेग्लै भाउ हुन्छ
बाहिर खाटा देखिए नि भित्र दुख्ने घाउ हुन्छ
मझधारमै डुब्न सक्छ, मर्ने बाँच्ने ठेगान हुन्न
जसको साथमा एकै चोटि दुईवटा नाउ हुन्छ

पानी जस्तो तल तल बगी जाने हुन्छ माया
बग्दै जाँदा मायासँगै डुबी मर्ने दाउ हुन्छ

भन्दिन म तिमीमात्र, जिन्दगीमा भेटें मैले
दैव खोजी खोजी हिँड्दा, रगताम्य पाउ हुन्छ

नीता केसी

जन्म - ठमेल, (पकनाजोल) काठमाडौँ

हाल - लैनचौर , काठमाडौँ

अध्यन - स्नातक

रुची - समाज सेवामा संलग्न

विभिन्न पत्रपत्रिकाहरूमा लेखरचना छापिएका ।

विशेषतः कविता, मुक्तक र गजल विधामा संलग्न ।

पेशा - सहकारी क्षेत्रमा क्रियाशील ।