20 नेपाली गजल - Nepali Ghazal
  • हामी मरेपछि दुनियाँले अत्तर बनायो म के गरौं

लेखकःराजन कार्की 676 पटक पढिएको:

हामी मरेपछि दुनियाँले अत्तर बनायो म के गरौं
बाँचुन्जेल् निमोठ्न फूलबारी सजायो म के गरौं ?

दागपनि टल्किंदा रहेछन्, एउटै ठुलो भएपछि
निशाकाशलाई तारा हैन चन्द्रमा सुहायो म के गरौं ?

सपना देख्ने आँखा अन्धाका पनि आफ्नै हुन्छन्
मलाई डोर्‍याउनेले आँखामा पट्टी लगायो म के गरौं ?

धुक्धुकीको धून बजेको थियो हामी डबलीमा नाच्दा
सिरा र धमनी लौ मादलेले छुट्यायो म के गरौं?

रोए त मरिन्छ साथी हाँसे बाँचिन्छ के भनेथें
मलाई साथीले मेरै तस्विर देखायो म के गरौं ?

राजन कार्की