41 नेपाली गजल - Nepali Ghazal
  • पर्खाल नाघ्नलाई भागेर हुन्न साथी

लेखकःपदम गौतम 1106 पटक पढिएको:

पर्खाल नाघ्नलाई भागेर हुन्न साथी
खोस्ने कुरा त खोसौं मागेर हुन्न साथी
फ्याँक्नै छ आज कालो, माटो रुँदै छ हेर
मान्छे सुतेर माटो जागेर हुन्न साथी

ताक्नै पर्‍यो निसानी हान्दा विचार गर्छौं
हो, फूलमाथि भाला दागेर हुन्न साथी

टल्केर जूनकीरी टाढा पुगेर हेर्दा
हो, जूनझैं सुनौलो लागेर हुन्न साथी

लामो छ जिन्दगानी टाढा छ लक्ष्य तिम्रो
खुट्टा उठाउँदैमा थाकेर हुन्न साथी

-घाम झुल्कनुअघिबाट

पदम गौतम

 

प्रकाशित कृतिहरू

फूलको लासमाथि (कवितासङ्ग्रह-२०५९)
एकलासको फूल (गजलसङ्ग्रह-२०६०)
रगतको सयनकक्षमा (कवितासङ्ग्रह-२०६२)
घाम झुल्कनुअघि (गजलसङ्ग्रह-२०६४)