39 नेपाली गजल - Nepali Ghazal
  • कति ठीक कति बेठीक भएका छन्

लेखकःपुरु लम्साल 1596 पटक पढिएको:

कति ठीक कति बेठीक भएका छन् 

कोही टाढा कोही नजिक भएका छन् 

शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर 

युवाहरू विदेशमा श्रमिक भएका छन् 

हिजो सँगसँगै युद्ध लडेकाहरु आज 

कोही दास कोही मालिक भएका छन् 

यहाँ देशलाई प्रयोगशाला बनाएर

केही बुज्रुकहरू वैज्ञानिक भएका छन् 

बोल्दैनन् कोही केही पनि बोल्दैनन् 

किनकि मान्छेहरू शालिक भएका छन् 

पुरु लम्साल

 facebook.com/puru.lamsal