37 नेपाली गजल - Nepali Ghazal
  • जीवनको यात्रा अन्जानमा सकिन्छ

लेखकःराज अबिरल यात्री 1221 पटक पढिएको:

जीवनको यात्रा अन्जानमा सकिन्छ
मान्छेको आकांक्षा चिहानमा सकिन्छ

सोच्नु त्यो पुरै गलत हुनेछ हजुर
हर पापको हिसाब दानमा सकिन्छ

यो देशको थिति यस्तो भै सक्यो
विकास बजेट चियापानमा सकिन्छ

मलाई लाग्दैन देशका समस्याहरु
कागजमा बन्ने संबिधानमा सकिन्छ

स्वार्थी माया गर्नेहरु लाई नियाल्नू
अक्सर तीज प्रेम ओच्छ्यानमा सकिन्छ ।

राज अबिरल यात्री