35 नेपाली गजल - Nepali Ghazal
  • नभन न जिन्दगीको कुनै रङ्ग छैन

लेखकःनिर्मला अवस्थी 553 पटक पढिएको:

नभन न जिन्दगीको कुनै रङ्ग छैन
यो जीवन रङ्गाउने हाम्रै ढङ्ग छैन 

सधैंभरि तनाव र अस्तव्यस्त मात्र
खुशीसँग बाँच्ने कला हामीसँग छैन 

मान्नुपर्छ आँशु पनि जीवनकै पाटो
हाँसोमात्र पाए पनि मन दङ्ग छैन 

के छैन र हामीसँग टिप्न सक्नुपर्छ
अँजुलीमा खुशी फुल्दा खै उमङ्ग छैन 

रीस राग दम्भ अनि हठ छाडेपछि
आपसमा लड्नुपर्ने कुनै जङ्ग छैन 

निर्मला अवस्थी