34 नेपाली गजल - Nepali Ghazal
  • कसैको भाग्यमा पीडा कसैको मुस्कान छ

लेखकःखगेन्द्र गिरी कोपिला 722 पटक पढिएको:

कसैको भाग्यमा पीडा कसैको मुस्कान छ
अचम्म अनौठो समय यो वर्तमान छ
 
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ

जङ्गलमा मान्छे सहरमा जनावर पसे
बेघर त आजभोलि यहाँ भगवान् छ

बेइमानको देखिन्छ वाहवाही जताततै
इमान्दारको भने यहाँ अपमान छ

संसार स्वर्ग होला भनी नठान अहिल्यै
शकुनिहरूको राज अझै विद्यमान छ

कलमको दिन पनि आउनेछ जरुर
नसोच्नू सधैँ खुकुरी नै बलवान् छ

खगेन्द्र गिरी कोपिला