33 नेपाली गजल - Nepali Ghazal
  • तिमी जानु अगाडि र आउनु अगाडि

लेखकःरोहित कुमार 527 पटक पढिएको:

तिमी जानु अगाडि र आउनु अगाडि
म सोचिरहन्थें कसैलाई बोलाउनु अगाडि ।

यी रातहरु पनि यति अन्धकार थिएन
बिजुलीका पोलहरु ठडाउनु अगाडि ।

तस्बिरहरू हेरी मनमनै सपना सजाउँछु
तिम्रो यादले एकोहोरो सताउनु अगाडि ।

यो सरकारका जस्तै छन् तिम्रा कुरा पनि
खबर पठाउँछौ खर्च पठाउनु अगाडि ।

हे परदेशी सम्झना छ कि बिर्सी सक्यौ 
के भनेथ्यौ यो हात समाउनु अगाडि ?

रोहित कुमार