जिन्दगीको अंगार गाजल बनाएँ
काईदा जाने सोह्र श्रृंगार चाहिन्न
ब्यथाले भरेको कथाको पात्र हुँ
कुनै भुमिका या पुछार चाहिन्न
लुकी छिपी पनि आएकै छु म
संकेत दिए पुग्छ पुकार चाहिन्न
गाला मुसारेर हातमा धार लाउ
गला रेट्न अर्को हतियार चाहिन्न !
13
नाली तिर बग्ने मुलधार चाहिन्न
भीरबाट खसाउने सवार चाहिन्न
जिन्दगीको अंगार गाजल बनाएँ
काईदा जाने सोह्र श्रृंगार चाहिन्न
ब्यथाले भरेको कथाको पात्र हुँ
कुनै भुमिका या पुछार चाहिन्न
लुकी छिपी पनि आएकै छु म
संकेत दिए पुग्छ पुकार चाहिन्न
गाला मुसारेर हातमा धार लाउ
गला रेट्न अर्को हतियार चाहिन्न !
पेसाले दन्तचिकित्सक भएपनि जीवनका अन्तरङ्गहरूको शल्यक्रिया गर्न निकै खप्पीस छन् मवि सिंह आफ्ना गजलमा । अमेरिकी सङ्घर्षमय जीवनमा खर्च हुने उर्जालाई जोगाएर गजल विधामा लगानी गर्दै आएका मवि दन्त चिकित्साशास्त्र (Tufts University School of Dental Medicine, Boston, US) का सह प्राध्यापक पनि हुन् ।
मबि नेपाली गजल डटकमका संस्थापक सम्पादक हुन् ।