32 नेपाली गजल - Nepali Ghazal
  • धर्तीको उष्णतालाई भिजाउने बादल हुन्छ

लेखकःमिलन लम्साल 444 पटक पढिएको:

धर्तीको उष्णतालाई भिजाउने बादल हुन्छ 
माया जब आँखा तर्छिन् रिझाउने गाजल हुन्छ

ए साउन तँ छिटो गै जा संसार रुन्छ उनी रुँदा 
जब माया मुस्कुराउँछिन् यो दिल साँच्चै पागल हुन्छ

बेला बिते रिसाउलिन् पिरतीकी देवी मेरी 
भेट्छु तर भेट्न आउँछु भन्दिनँ म भाकल हुन्छ

प्रितै पो हो कि त उनी सङ्गीतकी मुहान हुन् 
उनी बोले गीत बन्छ, उनले गाए गजल हुन्छ !

मिलन लम्साल

 

 

दमक

हाल: लङ्ग बिच क्यालिफोर्निया