5 नेपाली गजल - Nepali Ghazal
  • आऊ छिटो आऊ मेरो

लेखकःजितेन्द्र मल्ल 2475 पटक पढिएको:

आऊ छिटो आऊ मेरो, मजबूरिको फाईदा उठाउ ।
मिल्काउ एकै झिल्का आगो, यो हुरिको फाईदा उठाउ ।

माटो बेची शहर पसें, ढुङ्गा अझै बाँकी नै छ,
सक्छौ गाउँ फिर्ने मेरो, आतुरीको फाईदा उठाउ ।

आफु आफु लड्दै बस्छन्, रमिते त कति कति,
फाटो हाल्यौ दाजुभाईमा , त्यै दुरीको फाईदा उठाउ ।

हिजो एउटा भोली अर्कै, म्याद लामो हुन्न यस्को,
तिम्रै छ रे पालो आज, ज्यु हजुरीको फाईदा उठाउ ।

जन्मजातै पाएका छौ, आफ्नो भन्न छाती ठोक्न,
सगरमाथा बुद्ध या त, खुकुरीको फाईदा उठाउ ।

जितेन्द्र मल्ल

जितेन्द्र मल्ल

स्थायी ठेगाना : तल्कोट, डोटी
हाल : सिड्नी, अष्ट्रेलिया
जन्म मिती : २०४१ माघ ७ गते
पढाई : ब्याचेलर इन एलेक्ट्रोनिक्स् एन्ड कमुनिकेसन ईन्जिनियरिङ (काठमाडौं ईन्जिनियरिङ कलेज - २००३ ब्याच)
मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी, युनिभर्सिटी अफ बलारट, अष्ट्रेलिया 
प्रकाशित कृति : अन्जुलिमा अभियन्ता(संयुक्त कविता संग्रह)

URL: http://jitendramalla.blogspot.com