2 नेपाली गजल - Nepali Ghazal
  • क्रान्तिपछि परिवर्तन बबाल भएका छन्

लेखकःनारायण गाउँले 1145 पटक पढिएको:

क्रान्तिपछि परिवर्तन बबाल भएका छन् 
हिजो बिक्नेहरू आज दलाल भएका छन्

सिङ्गो पुस्ता सहिद भयो जसलाई हटाउन
कुर्चीमाथि फेरि तिनै बहाल भएका छन् !

भोलि घरै जलाउने योजना छ तिनको 
यात्राभरि रातको जो जो मसाल भएका छन्

बित्यो जीवन दुनियालाई जबाफ दिँदादिँदै
मेरो मृत्युमाथि फेरि सवाल भएका छन्

उभ्याएका थियौं हिजो साँध जोगाउन
आज तिनै घाम छेक्ने पर्खाल भएका छन् !

नारायण गाउँले

नारायण गाउँले नेपाली गजल डट कमका सम्पादक हुनुहुन्छ ।