31 नेपाली गजल - Nepali Ghazal
  • पुतली सधैँ बत्तीलाई ताक्छ ।

लेखकःरवि प्राञ्जल 497 पटक पढिएको:

पुतली सधैँ बत्तीलाई ताक्छ ।
नबुझे पछि कसको के लाग्छ ।

नराम्रो एउटा बानी छ उसको,
सिरानी मुनि तस्बिर राख्छ ।

म लाटो मान्छे इश्वरलाई भाक्छु,
ऊ बाठो मान्छे नेतालाई भाक्छ ।

निभेको आगो फुक्दैछौ बीरबल !
खिचडी तिम्रो खै कहिले पाक्छ ?

फैलियोस् बादल, भाग्दैन ‘रवि’, 
न कहिले अड्छ न कहिले थाक्छ ।

रवि प्राञ्जल