23 नेपाली गजल - Nepali Ghazal
  • नसोच पानी शान्त छ त्यसैले नदी उतारमा छ

लेखकःसानु शर्मा 630 पटक पढिएको:

नसोच पानी शान्त छ त्यसैले नदी उतारमा छ 
के थाहा यो पनि कुनै सुनामीको प्रहारमा छ ।
 
मर्न पनि सोचे जस्तै सजिलो काहाँ हुँदो रैछ 
जस्लाई हेऱ्यो देख्छु उही अघि पुग्ने हतारमा छ ।

बिपनासँग अघाएकाहरु नयाँ पन चाहँदा रैछन्
त्यसैले मान्छे पनि यहाँ सपना किन्ने कतारमा छ ।

चाहन्छु म ज़िन्दगीमा सबै सही सरल नै होस् 
थाहा छैन खै के कस्तो नियतीको उपहारमा छ ?

कसैको मन दुखेकोछ, कसैको जीवन दुखेकोछ
बिना दुखाई बाँच्नसक्ने यस्तो कोही संसारमा छ ?

सानु शर्मा